June 21st, 2017

सुबिसु बन्यो नेपालकै सबैभन्दा बढी डिजिटल च्यानल सेवा प्रदायक 

नेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि। ले क्लियर टिभी सेवामा दुई सयभन्दा बढी एचडी तथा डिजिटल च्यानलहरु समावेश गरेको छ । यससँगै सुबिसु नेपालकै सबैभन्दा बढी एचडी तथा डिजिटल च्यानल प्रदान गर्ने कम्पनी बनेको छ ।

खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनशैली जस्ता विभिन्न विधाअन्तर्गत पर्ने दुई सयभन्दा बढी एचडी तथा डिजिटल च्यानलहरुले बिभिन्न प्रकारका दर्शक तथा ग्राहकहरुको आवश्यकता र अपेक्षा पुर्ति गर्ने विश्वास कम्पनीले लिएको छ । हाल क्लियर टिभी सेवामा ५० भन्दा बढी एचडी र एक सय ५० भन्दा बढी एसडी च्यानलहरु रहेका छन् । क्लियर टिभी सेवामा बेसिक र प्रिमियम गरी दुई प्याकेजहरु छन् । यी प्याकेजहरु प्रति महिना न्युनतम क्रमशः पाँच सय रुपैयाँ र सात सय रुपैयाँमा उपलब्ध छन् ।

कम्पनीले ग्राहकहरुका लागि दुई हजार नौ सय ९९ रुपैयाँको प्याकेज प्रस्तुत गरेको छ, जसमा ग्राहकहरुले सेट अप बक्स साथै दुई महिनाको प्रिमियम प्याकेज (दुई सय एचडी तथा डिजिटल च्यानल भएको) र जडान सेवा प्राप्त गर्नेछन् । साथै कम्पनीले ग्राहकहरुका लागि क्लियर टिभी र इन्टरनेट सेवामा बण्डल प्याकेजहरु सुलभ मुल्यमा प्रस्तुत गरेको छ । सुबिसुले टिभी र इन्टरनेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा समेत प्रदान गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]