January 12th, 2017

‘सुबिसु क्यान इन्फोटेक’ माघ १३ गतेदेखि, प्रवेश शूल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने क्यान महासङ्घले जनाएको छ । 

अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिद समेत गर्न पाउने आयोजकले बताएका छन् । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् । कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले पनि मेलामा आकर्षक छुट लिएर आउने आयोजकले बताएका छन् । 

मेला अवलोकनका लागि विद्यार्थीहरुलाई प्रवेश शूल्कमा ५० प्रतिशत छुट दिने निर्णय आयोजकले गरेको छ । जसअनुसार, सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको छ । अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइनेछ तथा अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]