September 12th, 2017

सिटिजन्स बैंकको ६२औं शाखा मकवानपुरको मनहरीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६२औं शाखा मकवानपुरको मनहरीमा समुद्घाटन गरेको छ । मंगलबार (भाद्र २७ गते) यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले विधिवत पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सरुवात गरे । 

शाखा समुद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सो शाखा समुद्घाटनको अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप रु. १०,०००।– प्रदान गरेको छ ।

मनहरी शाखाको विधिवत समुदघाटन सँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक  बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार  ग्राहकहरूलाई सेवाप्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]