January 12th, 2017

सरकारी कारोबार गर्ने बैंकहरुलाई राष्ट्र बैंकले गर्यो यस्तो अनुरोध

नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने बैंकहरुलाई शुक्रबार पनि पुरै दिन राजस्व बुझ्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । शुक्रबार बैंकहरुले आधा दिन अर्थात दुई बजेसम्म मात्रै सेवा दिने गरेकोमा यो पटकको शुक्रबार (पुस २९ गते) चार बजेसम्म सञ्चालन गर्न राष्ट्र बैंकले सूचित गरेको हो ।

पुस महिना आयकर तर्फको प्रथम किस्ताको रकम बुझाउने महिना भएकाले राष्ट्र बैंकले यस्तो अनुरोध गरेको जनाएको छ । राजस्व बुझ्ने बैंकहरुलाई मात्र यो सूचना लागू हुनेछ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]