August 18th, 2017

सम्पूर्ण क्षेत्रको पेमेन्ट मोवाइल बैंकिङबाट कसरी गर्ने ? (मोवाइल पेमेन्टबारे जानकारी)

बैंकिङ खबर / तपाईँलाई थाहा छ, विजुली, पानी, स्कुल, टेलिफोन लगायतको बिल मोबाइलबाटै चुक्ता गर्न सकिन्छ । नेपालमा यो सिस्टम भर्खरै सुरु भएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु टेक्नोलोजी र इसेवा फोन पेले यो सेवा सुरु गरेका हुन् । आईएमई र ईसेवाले पेमेन्ट सर्भिस प्रोभाइडर(पीएसपी)को र प्रभु टेक्नोलोजीले पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) को अनुमति पाएका छन् । भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बीचमा मध्यस्तता गरी भुक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फर गर्ने) कार्य गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति–०७३ बमोजिम अनुमति पाएका कम्पनीहरुले मोबाइल वालेटको कारोबार गर्नेछन् । 

मोबाइल मनी के हो ?
मोबाइल मनी भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ ।

यसरी सुरु भयो मोबाइल मनीको अवधारणा
मोबाइल मनीको अवधारणा सबैभन्दा पहिला केन्यामा प्रयोग भएको थियो । सन् २००७ को मार्च महीनामा बेलायती दूरसञ्चार कम्पनी भोडाफोनको केन्याली सहायक कम्पनी सपारीकमले त्यहाँ एम–पेसा सेवा लञ्च गरेको थियो । सफारीकमले एक दशकअघि शुरूमा प्रयोगकर्ताहरूबीच ससानो रकम भुक्तानीका लागि मात्रै यो सेवा शुरू गरेको थियो । तर पछि यसमा फाइनान्सिङ र माइक्रोफाइनान्सिङको सुविधा पनि दिइयो । हाल यो सेवामा सीमापार रकम स्थानान्तरण, कर्जा र स्वास्थ्य प्रावधान समेत समाविष्ट छ । अहिले यो सेवा करीब ८० प्रतिशत केन्यालीहरूले प्रयोग गरिरहेका छन् । त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५ प्रतिशतभन्दा बढी यही सेवामार्फत प्रवाह हुने गरेको छ ।  केन्यापछि अफगानिस्तान, दक्षिण अफ्रिका, भारत हुँदै हाल विश्वका थुप्रै मुलुकहरुमा मोबाइल मनी विस्तार भइसकेको छ ।

मोबाइल पेमेन्ट सिस्टमका फाइदाहरु
क्यास लेस ट्रान्जेक्शनको आवश्यकतालाई यसले सहजिकरण गर्ने छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गर्ने विश्वास लिइएको छ ।  अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ । तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भित्राउने छ । जसबाट अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ । तपाईको मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नुहुन्छ । यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले होमवर्क गरेको थियो । विदेशी टेक्नोलोजीलाई नेपालमा भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]