July 5th, 2017

शिखर इन्स्योरेन्सको एफपिओ नआउने

शिखर इन्स्योरेन्स लिमिटेडले जारी गर्ने भनिएको थप नयाँ सेयर (एफपिओ) अब नआउने भएको छ । कम्पनीले एफपिओ जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर, धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निस्कासन निर्दे्शिका २०७४ अनुसार शिखरले दोहोर्याएर एफपिओ जारी गर्न नपाउने भएपछि धितोपत्र बोर्डले उसको आवेदन सम्बन्धि विवरणलाई वेभसाइटबाट समेत हटाएको छ । 

धितोपत्र दर्ता तथा निस्कासन निदेर्शिका २०७४ मा संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले ५ बर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने ब्यवस्था गरिएको छ । शिखर इन्स्योरेन्सले अघिल्लो वर्ष मंसिरमा मात्रै एफपिओ जारी गरेकाले तत्काल एफपिओ जारी गर्न नपाउने भएको हो ।   

हाल शिखरको ८१ करोड चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ करोड छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]