Wednesday , January 17 2018

शार्वरी सहकारीले माग्यो दुई दर्जनभन्दा बढी कर्मचारी

December 10, 2017

बैंकिङ खबर । काठमाडौँको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको शार्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई दर्जनभन्दा बढी कर्मचारी माग गरेको छ । संस्थाले केही संख्यामा मार्केटिङ अफिस र २० जना बजार उत्प्रेरक माग गरेको छ । मार्केटिङ अफिसरका लागि स्नातक तह र बजार उत्प्रेरकका लागि एसएलसी वा सो सरह उतीर्ण नेपाली नागरिकको दरखास्त आह्वान गरिएको छ । सवारी लाइसेन्स भएको, तीन वर्षको कार्यअनुभव भएको र न्यूरोड क्षेत्रमा रहनेलाई प्राथमिकता दिइने बताइएको छ । इच्छुक तथा योग्य नागरिकले वायोडाटा, सर्टिफिकेट र निवेदनसहित सात दिनभित्र संस्थाको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *