Wednesday , January 17 2018

वित्तीय साक्षरता के हो ? किन छ आबश्यकता ?

December 16, 2017

वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि वित्तीय साक्षरतासम्बन्धी विगतदेखिनै कतिपय कार्यक्रमहरु संचालित छन् । नेपालको चालू तेर्हौं त्रिवर्षीय योजनाको आधारपत्रमा वित्तीय साक्षरता, बचत तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रमले प्राथमिकता पाएको थियो । त्यस्तै किशोरकिशोरीको समग्र विकासका लागि वित्तीय साक्षरता अभिवृद्धिलाई प्राथमिकता दिनु, स्कूल कलेजका पाठ्यक्रम एवं पाठ्यपुस्तकमा वित्तीय साक्षरता सम्बन्धी विषयले प्राथमिकता पाउनु, देशको केन्द्रीय बैंक, वित्तीय क्षेत्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र आमसञ्चारबाट यस विषयलाई विशेष महत्व दिँदै यसलाई एउटा अभियानकै रूपमा सञ्चालन, विस्तार र प्रवद्र्धन गर्नुले पनि के देखाउँछ भने वित्तीय साक्षरता मुलुकको सर्वाङगीण विकाससंगा जोडिएको छ । अब यो अपरीहार्य महशुस भईसकेको छ ।

किन जरुरी छ वित्तीय साक्षरता ?
अहिले विभिन्न पेशाकर्मी र व्यवसायीहरु मुद्रामै कारोबार गर्दछन् । आधुनिक अर्थव्यवस्था मुद्रीकरण भइसकेकाले उनीहरु मुद्रामै कारोबार गर्न थालेका हुन् ।  आय मुद्रामा हुनु र सो आय मुद्रामैं सञ्चय र खर्च पनि हुने गर्दछ । मुद्रा अर्थतन्त्रको मेरुदण्ड नै हो । साथै मानिसले वित्तीय शिक्षाबाट साधनको उपयोग र बचत गर्ने सीप प्राप्त गरी कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता कार्यहरू सम्पादन गर्न वित्तीय साक्षरता आवश्यक पर्दछ । कम आय हुने व्यक्तिहरु नै वित्तीय साक्षरताको लक्षित समूह हुन् । आर्थिक गतिविधि गर्ने सबै मानिसलाई वित्तीय साक्षरताको आवश्यकता भए पनि आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गको आर्थिक क्रियाकलापलाई गतिशील दिशामा अघि बढाउनु र उनीहरुलाई वित्तीय पद्धतिको पहुँच पु¥याई तिनको आर्थिक जीवनस्तर उकास्नका लागि वित्तीय साक्षरता र आर्थिक पहुँचको कार्यक्रम सञ्चालन गरिन्छ । आफ्ना खर्चहरू नियन्त्रण गरी बचत गर्ने, घरमा पैसा नराख्ने, बैंक वा वित्तीय संस्थामा बचत सुरक्षित रहनुका साथै ब्याज पनि आउने भएकोले खाता खोलेकाहरुलाई कर्जा दिन केही सजिलो हुने हुँदा यो साक्षरताले वित्तीय पहुँचसंग सम्बन्ध राख्दछ ।

वित्तीय साक्षरताले विभिन्न वित्तीय उपकरणहरूको उपयोग, सामथ्र्य र सीमाबारे जानकारी प्रदान गर्दछ । समाजमा भईरहेका आर्थिक गतिविधिबारे जानकारी दिन्छ । खासगरी निम्न वर्ग र तप्काका व्यक्तिको आर्थिक अवस्थामा सुधार गर्ने तर्फ केन्द्रित हुने वित्तीय साक्षरताले आर्थिक ज्ञानमा वृद्धि गर्दछ । कतिपय रुढिबादी  कुसंस्कारले आर्थिक शक्तिलाई क्षीण गर्दछ । देखासिकी, फजुल खर्च र बनावटी तडकभडकले आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्दछ । सामाजिक व्यवहार सुधारबाट आर्थिक परिवर्तन हुन्छ । समाजमा अझैपनि कमैया, हलिया, नोकरी–चाकरी, सूदखोरी (साहु–महाजन) जस्ता अनेकौं आर्थिक पर्छौटेपनहरू छन् । अहिले साना बैंक, लघु वित्त, सहकारी संस्था, गैरसरकारी संस्थाहरूबाट सहयोग लिएर आफ्नो आर्थिक स्थितिमा परिवर्तन ल्याएका व्यक्तिहरू प्रशस्त देख्न सकिन्छ ।

वित्तीय पहुँच विस्तारका लागि के गर्ने ?
वित्तीय साक्षरताका अभियाननै चलाइएको भएपनि अहिले पनि नेपालका अधिकांस ग्रामिण भेगका जनता यसको पहुँचसम्म पुग्न सकेका छैनन् । अहिले पनि उनीहरु वित्तीय साक्षरताको अभावमा सामाजमा भईरहेको आर्थिक गतिविधिबारे अनभिज्ञ छन् । वित्तीय पहुँच बढाउनका लागि ग्रामीण र कृषिमुखी कार्यक्रम अन्तर्गत लघु र साना ग्रामीण उद्यमहरूको विकास जरुरी छ । गाउँ केन्द्रित लगानी र कार्यक्रमहरूबाट गाउँका निम्न वर्गको आर्थिक विकास सम्भव छ । नेपालको कुल जनसङख्याको ६० प्रतिशतभन्दा बढी जनता वैध वित्तीय प्रणालीबाट बाहिर रहेको बताइन्छ । मुलुकको वयस्क जनसंख्या शिक्षाको पहुँच र सामाजिक समावेशीकरण प्रक्रियाबाट विमुख रहेकोले वित्तीय पहुँच प्रक्रियाले मूर्त रूप लिन सकिरहेको छैन । अझ दलित, थारू, मधेसी, महिला, मुस्लिम, जनजातिहरू औपचारिक शैक्षिक गतिविधिमा नसमेटिएको नेपालजस्तो विकासोन्मुख देशमा वित्तीय पहुँच प्रक्रिया सुस्त गतिमा बढेको देखिन्छ । दक्षिण एसियामा लघु वित्त कार्यक्रममा पाकिस्तान ४३ प्रतिशत, भारत ३० प्रतिशत, श्रीलड्ढा ९९.३ प्रतिशत, नेपाल २६ प्रतिशत, बंगलादेश ४१.६ प्रतिशत जनसंख्या समेटिएको तथ्याड्ढले देखाउँछ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *