January 12th, 2018

रुरल माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश पारित

बैंकिङ खबर । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका सेयरधनीले१५ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७३।०७४को वासलात, नाफा, नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गर्दै २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा मिलन कुमार राई र भिमप्रसाद तिमल्सिनालाई निर्विरोध चयन समेत गरेको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]