September 12th, 2017

रिलायबल माइक्रोफाइनान्सका अध्यक्षले लिए पद तथा गोपनियताको सपथ

रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार रिलायबलका अध्यक्ष अकेलाले नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख नारायणप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

रिलायबल माइक्रोफाइनान्सको सञ्चालक समितिको ६५औँ बैठकले अकेलालाई अध्यक्ष पदमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले जानकारी दिए । 

रिलायबल माइक्रोफाइनान्स ग्लोबल आईएमई बैंकको सहायक कम्पनी हो । लमजुङ जिल्लाको बेसिशहरमा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १५ जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]