September 25th, 2017

राष्ट्र बैंकले ३० वर्षे सेवा अवधि हटायो 

नेपाल राष्ट्र बैंक संचालक समितिले विद्यमान दोहारो अवकाश नीति हटाएर एकद्धार अवकाश नीति अबलम्बन गर्ने निर्णय गरेको छ । यसअघि, उमेर हदका आधारमा ५८ वर्ष र सेवा अवधिका आधारमा ३० वर्ष पुगेपछि अवकाश दिने नीति रहँदै आएकोमा ३० वर्षे सेवा अवधिलाई हटाएर उमेर हदका आधारमा मात्रै अवकाश दिने व्यवस्था गरिएको हो । प्रति व्यक्ति औषत आयु वृद्धि भएको, राष्ट्र बैंकको कर्मचारी आवश्यकता, बैंकलाई पर्ने थप वित्तीय भार, राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय अभ्यास समेतलाई मध्यनजर गर्दै विभिन्न अध्ययन प्रतिवेदनले सुझाव दिएबमोजिम कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्ने असरलाई न्यूनिकरण गर्दै सेवा अवधि हटाएर उमेर हदका आधारमा अवकाश दिने नीति लागू गर्ने निर्णय गरिएको राष्ट्र बैंकको भनाइ छ । 

ठूलो संख्यामा कर्मचारी कटौति गर्ने उद्देश्यले १३ वर्षअघि दोहोरो अवकाश नीति लागू गरिएको थियो । अब भने राष्ट्र बैंकमा कर्मचारीको संख्या सही आकारमा आइसकेको छ । अहिले राष्ट्र बैंकमा ११२५ जना कर्मचारी कार्यरत छन् । अझै पनि दोहोरो अवकाश नीति लागू गर्ने हो भने राष्ट्र बैंकका कर्मचारीको अभाव हुने तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंक सञ्चालक समितिले ५८ वर्ष उमेर पुगेका कर्मचारीलाई मात्र अवकाश दिने निर्णय गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]