September 12th, 2017

युनाइटेड फाइनान्सले १९ प्रतिशत बोनस दिने, मुथूट फाइनान्सलाई रणनीतिक साझेदार बनाउने

युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको भदौ २६ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित सेयरमा लाग्ने कर भने सेयरधनीबाटै लिइने फाइनान्सले जानकारी दिएको छ । 

त्यस्तै कम्पनीले रणनीतिक वैदेशिक साझेदारका रुपमा संस्थागत सेयरधनी अन्तर्गत रहनेगरी भारतको मुथूट फाइनान्स लिमिटेडलाई भित्र्याउने निर्णय समेत गरेको छ । अहिले युनाइटेड फाइनान्सको चुक्ता पूँजी ६७ करोड रुपैयाँ छ । १९ प्रतिशत वोनस सेयरपछि चुक्ता पूँजी ८० करोड नाघ्ने छ । भारतको कोची प्रदेशमा प्रधान कार्यालय रहेको मुथूट फाइनान्सले युनाइटेडको २० प्रतिशतभन्दा केही बढि संस्थापक सेयर खरीद गर्ने छ । युनाइटेड फाइनान्सको २१ लाख कित्ता सेयर दिने गरि दुबै संस्थाबीच समझदारी (एमओयु) भएको बताइएको छ । उक्त एमओयुलाई स्वीकृत तथा अनुमोदन गर्ने निर्णय फाइनान्सको संचालक समितिको बैठकले गरेको छ ।     


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]