August 30th, 2017

युनाइटेड इन्स्योरेन्सको बोनस र हकप्रद किन भयो स्थगित ?

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरको बोनस सेयर र हकप्रद सेयर स्थगित भएको छ । बीमा समितिको निर्देशनमा कम्पनीको संचालक समितिले यसअघि प्रस्ताव गरेको १० प्रतिशत बोनस र बोनसपछिको शतप्रतिशत हकप्रद सेयर स्थगित गरेको बताइएको छ । 

कम्पनीले बीमा समितिमा स्वीकृतिको लागि पेश गरेको आर्थिक बर्ष ७२।७३ को आर्थिक प्रतिवेदन परिमार्जन सहित पेश गर्न समितिले निर्देशन दिएको थियो । बीमा समितिको निर्देशनका कारण यसअघिको प्रस्ताव अर्को निर्णय नभईन्जेलसम्मका लागि स्थगन गरेको कम्पनीले जनाएको छ । 

हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैंया रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]