January 11th, 2017

यी हुन्, आस्वा प्रणालीका लागि स्वीकृति पाएका २७ बैंकहरु

नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि आस्वा प्रणाली लागू गर्दैछ । आस्वा प्रणालीका लागि आवेदन दिएका बैंकहरुमध्ये हालसम्म २७ वटा बैंकले धितोपत्र बोर्डबाट स्वीकृति पाएका छन् । जसमध्ये १८ वटा वाणिज्य बैंक र नौ वटा विकास बैंकहरु रहेका छन् ।

 

धितोपत्र बोर्डले तत्कालका लागि आस्वा प्रणालीलाई अनिवार्य नगरी ऐच्छिक रुपमा सार्वजनिक निष्काशनमा सुरुवात गर्न लागेको हो । यस प्रणालीको सफल कार्यान्वयनसँगै फाइनान्स कम्पनीहरुलाई पनि यसमा संलग्न गराई क्रमशः अनिवार्य गराउँदै लैजाने योजना धितोपत्र बोर्डको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]