December 4th, 2017

मेगा ड्रिम सहकारीको सेयर पुँजी सात करोड नाघ्यो, नाफामा पनि प्रगति गर्दै

बैंकिङ खबर । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा तीन करोड ६१ लाख आठ हजार नौ सय ५० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा गत आर्थिक वर्षमा कोष कट्टी अघिको उक्त मुनाफा भएको जानकारी दिइयो । 

साधारणसभामा संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेले सेयर पुँजी ३८ प्रतिशत बढाएर सात करोड ३९ लाख ८४ हजार तीन सय रुपैयाँ पुर्याएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा मेगा ड्रिमको सेयर पुँजी पाँच करोड ३७ लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । 

संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले संस्थाले बचतमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्वि गरी ४५ करोड ३७ लाख दुई हजार नौ सय १४ रुपैयाँ संकलन गरेको र कर्जामा ५० प्रतिशतले वृद्वि गर्दै ५१ करोड २८ लाख २४ हजार दुई रुपैयाँ लगानी गरेको जानकारी दिए । संस्थाको जगेडा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा १२६ प्रतिशतले बढेर एक करोड ११ लाख ६५ हजार आठ सय ७९ रुपैयाँ रुपैयाँ पुगेको र कर्जा जोखिमवापतको व्यवस्थालाई १४९ प्रतिशतले बढाएर दुई करोड सात लाख ३४ हजार तीन सय ६७ रुपैयाँ पुर्याइएको जानकारी साधारणसभामा दिईयो । साथमा, संस्थाले अन्य कोषको समेत व्यवस्था गरेको बताइएको छ । 

साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले स्थानीय तहमा एक व्यक्ति एक प्रकृतिको सहकारीको व्यवस्था सहकारी अभियानकै पहलमा भएको जानकारी दिँदै यस्तो व्यवस्थाले सहकारीमा विकृति राकिने भएकाले यसलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राखे । 

त्यस्तै, डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख आनन्द सारुले सहकारी सफल बनाउन हरेक सदस्यको उत्तिकै भूमिका हुने र सहकारीको निगरानी आफ्नै सदस्यले गर्न सक्नुपर्ने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]