September 11th, 2017

मेक्स अप्सन कारोबार अब आईओएसमा पनि

बजार मागलाई मध्यनजर गर्दै मेक्स नेपालले अप्सन कारोबारका लागि आईओएस संस्करण बजारमा ल्याएको छ । आईफोन तथा आईप्याड प्रयोगकर्ताहरुले एप स्टोरमा गई अप्सन कारोबारका लागि मेक्स एन नेपाल ट्रेडर डाउनलोड गर्न सक्नेछन् । उक्त एप्लिकेसनबाट अप्सन सम्बन्धि सम्पूर्ण कारोबार गर्न सकिनेछ । 

एन्ड्रोइड संस्करणमा उपलब्ध सबै विशेषताहरु आईओएस संस्करणमा उपलब्ध रहेका छन् । रु १०० बराबरको न्यूनतम लागानीबाट सुरु गर्न सकिने हुनाले अप्सन कारोबार लगानीकर्तामाझ लोकप्रिय हुँदै गइरहेको छ । १ मिनेट देखि ४ घण्टाको मध्यान्तरका अप्सन करारहरु उपलब्ध भएका कारण छोटो समयका लागि लगानी गर्ने कारोबारीहरु पनि यसप्रति आकर्षित भइरहेको देखिन्छ । 

अन्तर्राष्ट्रिय बाजारमा धरै नै लोकप्रिय रहेको लागानीको यो उपकरण मेक्स नेपालले मात्र हाल बजारमा ल्यएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]