January 8th, 2017

बुम रेमिटको सातौँ वार्षिक साधारणसभा सम्पन्न

बुम रेमिट्यान्स प्रालिले सातौँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शनिबार (पुस २३ गते) काठमाडौँस्थित सल्टीमोडको ग्रान्ड होटलमा साधारणसभा सम्पन्न गरेको हो । सेयर सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको साधारणसभामा बुम रेमिटका प्रबन्ध निदेशक धिरेन्द्र पन्तले कम्पनीको प्रगति बिबरण र पञ्च बर्षिय योजनामा प्रकाश पारे । संस्थाले नेपाल र बिदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको जानकारी पन्तले दिए ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ । छिटै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने योजना कम्पनीको छ । 

आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने प्रबन्ध निर्देशक पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको समेत पन्तले जानकारी गराए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको धारणा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]