November 22nd, 2016

‘बाफिया’मा के छ ? हेर्नुस ८ बुँदामा

bafiya-2२०७३ मंसीर ५ गते सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (वाफिया) लाई संसदको अर्थ समितिले टुंगो लगाएको छ । जसबाट पारित भएका महत्वपूर्ण ८ बुँदालाई यहाँ उल्लेख गरिएको छ । 

1- बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा १० बर्ष बैंक वित्त कम्पनिमा काम गरेको अनुभव हुनुपर्ने छ । कुनै पनि विषयमा स्नातक तह अध्ययन गरेको भएमा ५ बर्ष अनुभव भएको हुनुपर्ने छ । अर्थशास्त्र, बाणिज्य तथा लेखा विषयमा स्नातकोत्तर गरेको व्यक्ति भने सोझै बैंकवित्त कम्पनिको संचालक बन्न पाउने छ ।  

2-  बीमा कम्पनिका संचालक बैंकको संचालक बन्न नपाउने व्यबस्था छ ।

3-  दश बर्षपछि संस्थापक शेयरलाई राष्ट्र बैंकको अनुमति लिएर साधारण शेयरमा परिवर्तन गर्न सकिने छ । 

4- बैंक तथा वित्तीय संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियूक्ति लगातार २ कार्यकाल मात्र हुन पाउने व्यबस्था छ । संचालक मात्रैको हकमा कार्यअवधि खुलाइएको छैन ।

5- अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकालको समय अवधि ४ बर्षको हुने छ । 

6- संबैधानिक पद धारणा गरेको व्यक्ति बैंकको संचालक, प्रमुख कार्यकारी अधिकृत वा अध्यक्ष हुन पाउने छैन ।

7- आफु संलग्न रकेको बैंक वित्त कम्पनिबाट ऋण लिन पाइने छैन । 

8- ‘घ’ बर्गका लघुवित्त कम्पनिहरुले बैंक लेख्न पाउने छैनन् । उनीहरुले लघुवित्त वित्तीय संस्था भनेर लेख्नुपर्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]