July 17th, 2017

फर्स्ट माइक्रोफाइनान्सले कमायो आठ करोड मुनाफा

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७३।७४ मा आठ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको छ । गत आर्थिक वर्षमा फसर््टले पाँच करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३९ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १२ करोड २५ लाख रुपैयाँ छुटाएको छ । यो अवधिमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा ३० दशमलव ३२ प्रतिशत बढी अर्थात तीन अर्ब ४० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । 

फसर््ट माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ४२ दशमलव ३८ प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४९ दशमलव ५२ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ७९ लाख रुपैयाँ राखेको जनाएको छ । 

माइक्रोफाइनान्सको पुँजीकोषको अनुपात १५ दशमलव ५८ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]