January 12th, 2018

प्राइम बैंकको २७ प्रतिशत बोनस सेयर पारित

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको विहीबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको २७ प्रतिशतले हुने एक अर्ब ७० करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकको सोही साधारण सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित समेत गरेको छ । 

बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लैजाने र सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]