January 14th, 2018

पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गरेको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ८३ लाख रुपैयाँ बराबरको नौ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

फागुन ६ गतेसम्म निष्काशन खुला रहने सेयरमा पुष १३ गतेसम्म कायम सेयरधानीले आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआई्िवएल क्यापिटल मार्केट लाजिम्पाट, पोखरा फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट सेयर खरिदका लायिग आवेदन दिन सकिनेछ ।
 
हाल, पोखरा फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापुँजी ७५ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सले ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]