September 14th, 2017

पोखरा फाइनान्सको एफपिओ बाँडफाँड

पोखरा फाइनान्स लिमिटेडले हालै निष्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ)को बाँडफाँड विहीबार गरिएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ३० कित्तासम्म सेयर पाएको कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडले जनाएको छ । 

विक्री प्रबन्धकका अनुसार, १० कित्ताका लागि १४ हजार नौ सय ६८ जनाले आवेदन दिएकोमा सबैले सेयर पाएका छन् । २० कित्ताका लागि लागि १० हजार एक सय छ जनाले आवेदन दिएकोमा सबैले २० कित्ता नै सेयर पाएका छन् । ३० देखि चार हजार नौ सय कित्तासम्म आवेदन दिनेहरुले गोलाप्रथाको आधारमा सेयर पाएका छन् । 

फाइनान्सले प्रतिकित्ता २२० रुपैयाँमा नौ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ साउन २५ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]