January 12th, 2018

पूर्णिमा विकास बैंकको चुक्तापुँजी ५२ करोड पुग्यो

पूर्णिमा विकास बैंक लिमिटेडको दशौं बार्षिक साधारण सभा पुस २८ गते शुकबवारको दिन रुपन्देही जिल्ला सि.न.पा.वडा नं. ८ विपिपथमा अवस्थित पिस नाईट रेष्टुरेण्ट एण्डपार्टि प्यालेशको सभाहलमा सम्पन्न भएको छ । सभाले आ.व.०७३÷०७४ को वित्तिय हिसाबबाट सेयरधनीहरुलाई कर कट्टी पश्चात १९.१९ प्रतिशत बोनश सेयर  दिने प्रस्ताव पारित गरेको छ । उक्त आठ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पूंजी ५२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

देशको विद्यमान अवस्थामा बैंकिङ्ग क्षेत्रमा पूजीको महत्व अत्यधिक भएकोले यस सभाले सोही अनुरुप आफ्नो पूंजी संरचनामा समेत परिवर्तन गरेको छ । जस अनुरुप सभाले बैंकको अधिकृत पूंजी एक अर्ब २० करोड, जारी पूंजी ५२ करोड ५० लाख, चुक्ता पूंजी ५२ करोड ५० लाख कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

चालु आर्थिक बर्ष ०७४/०७५ को पौष २७ सम्ममा बैंकले २ अर्ब ५८ करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ । बैंकको कूल ग्राहक संख्या करिब ४६ हजार भन्दा माथी रहेको छ ।

बैंकले आफ्नो ग्राहकमहानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दे सेवाहरुलाई थप गर्र्दै तथा परिमार्जित गर्दे लाने निति अनुरुप विभिन्न रेमिट्यान्स कम्पनीहरु मार्फत विप्रेशण सेवा, सामाजिक सुरक्षा भक्ता भुक्तानी र आजको आधारभुत आवश्यकताको रुपमा रहेको मोबाईल बैकिङ्ग र आस्वा सेवा दिईरहेको छ । सभा बैंकका अध्यक्ष निधान चन्द्र श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]