भोली (भदौ २२ गते) पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीका लागि बोलकबोल हुने भएको छ । १५ वर्षेअवधिको उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । विहीबार निष्काशन गरिने ऋणपत्रको सावाँ भुक्तानी ०८९ भदौ २३ गते गरिनेछ भने प्रत्येक छ महिनामा व्याज दिइने नेपाल राष्ट्र बैंकले जनाएको छ । व्याजदर बोलकबोलको आधारमा निर्धारण गरिनेछ । बुधबार अपरान्ह ३ बजेभित्रमा बोलकबोल गरिसक्न राष्ट्र बैंकले आह्वान गरेको छ ।