December 29th, 2017

नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

बैंकिङ खबर । पुस तेस्रो साताबाट सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका अनिल केशरी शाह अब नविल बैंकमा जाने भएका छन् । नविल बैंकको संचालक समितिले शाहलाई सीईओ नियुक्त गरेको छ । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । 

तलबको विषयमा कुरा नमिलेपछि उनी सेञ्चुरी छाडेर नविल जान लागेका हुन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार, सेञ्चुरीमा जाँदा थोरै तलब पाउने भएपछि उनी नविल बैंक जान लागेका हुन् । मेगा बैंकमा दुई कार्यकाल रहेका शाह त्यसअघि नविलमा नै थिए । 

नबिल बैंक भित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रमुख कार्यकारी अधिकृत शसिन जोशीले कार्यकाल पुरा नहुँदै पदबाट राजिनामा दिएका थिए । जोशीले फागुन ५ गतेदेखि आफु बैंकमा नरहने व्यहोराको राजिनामा गरेका थिए । शाहले सोही दिनदेखि प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने बताइएको छ । 

अविल केशरी शाहको बैंकिङ करिअरको सुरुवात नविल बैंकबाटै भएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]