September 6th, 2017

नयाँ बीमा कम्पनीमा रोजगारीको अवसर

छिटै संचालनमा आउन लागेको नयाँ जीवन बीमा कम्पाी ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चिफ फाइनान्स अफिसर पदमा कर्मचारी मागेको छ । कम्पनीले स्नातकोत्तर गरेको अथवा चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गर्ने जनाएको छ । साथमा वित्तीय क्षेत्रमा ८ वर्ष काम गरेको अनुभव हुनुपर्ने, नेपाली नागरिक हुनुपर्ने, ४२ वर्ष उमेर ननाघेको हुनुपर्ने लगायतका सर्त राखिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १० सेप्टेम्बर भित्रमा [email protected] मा वायोडाटा र पासपोर्ट साइजको फोटोको साथमा निवेदन पठाउनुपर्नेछ । सर्ट लिस्टमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिने कम्पनी जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]