September 14th, 2017

दोहोरो अंकले बढ्यो सेयर बजार, विशाल बजारका सेयरधनीले धेरै कमाए

साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सबै उपसूचकहरु हरियो भएपछि नेप्से परिसूचक ३७.११ अंकले बढेर १५३०.३१ अंकमा पुगेको छ । सबैभन्दा धेरै बीमा समूह २४९.०८ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ३६.९७, १७.१४, ४३.६, २३.९१, १५.०२, २६.३९, ३४.११ र १०.४१ अंकले बढेका छन् । 

बजार बढेपनि कारोबार रकम भने उत्साहजनक छैन । दिनभरिमा १६१ वटा कम्पनीको १७ लाख ७० हजार ७२ कित्ता सेयर छ हजार छ सय १३ पटक खरिदविक्री हुँदा ६३ करोड ५० लाख पाँच हजार तीन सय ५४ रुपैयाँको कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको तीन करोडमाथिको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने स्वाबलम्बन विकास बैंकको झन्डै दुई करोडको कारोबार भएको छ । कृषि विकास बैंक, सानिमा बैंक, लक्ष्मी लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, प्राइम लाइफ इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ । 

विशाल बजारका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले ९.९९ प्रतिशतले कमाएका छन् भने ङादी ग्रुप पावर, तारा गाउँ रिजेन्सी, लक्ष्मी बैंक, कालिका माइक्रोक्रेडिट र राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, कृषि विकास बैंक लगायतका सेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको नेशनल माइक्रोफाइनान्सका सेयरधनीले ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । यसबाहेक, लक्ष्मी लघुवित्त, वल्र्ड मर्चेन्ट बैंकिङ, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, एनआईबिएल प्रगति फण्ड, बरुण हाइड्रो, हाम्रो विकास बैंक, रिलायबल माइक्रोफाइनान्स, ललितपूर फाइनान्स लगायत २० कम्पनीका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]