August 21st, 2017

थोरै पैसा जम्मा गर्दा परिचयपत्र नचाहिने व्यवस्था कार्यान्वयनमा

अरुको बैंक खातामा रकम जम्म गर्दा परिचयपत्र चाहिने सिस्टमलाई संशोधन गरी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । जसअनुसार, अब कुनै पनि बैंकमा एक लाख रुपैयाँभन्दा कम रकम जम्मा गर्दा परिचयपत्र नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि दोस्रो व्यक्तिको खातमा रकम जम्मा गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले जतिसुकै रकम जम्मा गर्दा पनि यो नियम लागू हुने जनाएको थियो । अब भने एक लाखमाथिको रकम जम्मा गर्दा मात्रै परिचयपत्र देखाउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । 

अवैधानिक रुपमा आर्जन गरेको रकम अरुको नाममा रहेको खातमा जम्मा गरेर सम्पत्ति शुद्धिकरणबाट बच्ने कार्यलाई रोक्न राष्ट्र बैंकले परिचय खुलाउनुपर्ने व्यवस्था गरेको थियो । कालोधन तथा भ्रष्टाचारलाई निरुत्साहित गर्न राष्ट्र बैंकले यो नियम लागू गरेको थियो । यद्यपि, ग्राहक तथा बैंकका कर्मचारी दुवैलाई झन्झट भएको गुनासो आउन थालेपछि राष्ट्र बैंकले उक्त व्यवस्थामा संशोधन गरेर नयाँ व्यवस्था लागू गरेको हो । 

अब भने एक लाख रुपैयाँभन्दा बढी रकम बैंकमा अरुको नामको खातमा जम्मा गर्न जाँदा आफ्नो परिचय खुलाउने कागजात पेश गर्नुपर्नेछ । सवारी लाइसेन्स, नागरिक, पासपोर्ट लगायतका कागजातहरु देखाएपछि मात्रै उक्त रकम जम्मा गर्न पाइनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]