January 4th, 2017

गणपति माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई दियो अभिमुखीकरण तालिम

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । संस्थाले महिना भित्र संचालनमा ल्याउन लागेको १० वटा नयाँ शाखा कार्यालका शाखा प्रबन्धकहरुको लागि पुस १८ र १९ गते तनहुँको दुलेगौंडास्थित केन्द्रीय कार्यालयमा अभिमुखीकरण तालिम सम्पन्न गरेको हो । 

तालिमको उद्घाटन यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए । अभिमुखीकरण तालिममा शाखा प्रबन्धकहरुलाई वित्तीय संस्थाको नीति नियम तथा कार्यविधिहरुको जानकारी, लेखा व्यवस्थापनका साथै नेतृत्व विकास, सफलताको रहस्य तथा उत्प्रेरणा लगायतका विषयहरुमा जानकारी गराइएको थियो । वित्तीय संस्थाका बरिष्ठ प्रबन्धक विष्णु ढकाल, लेखा तथा वित्त विभाग प्रमुख अनित जंग पाण्डे र कर्जा तथा बजार व्यवस्थापन विभाग प्रमुख प्रभुराज थापाले प्रशिक्षण दिएका थिए । 

गणपति माइक्रोफाइनान्स गत कात्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त संस्था हो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]