January 8th, 2017

गणपति माइक्राफाइनान्सको तीन शाखा विस्तार

राष्ट्रिय स्तरको लघुवित्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तीन वटा शाखा विस्तार गरेको छ । संस्थाले शुक्रबार (पुस २२ गते) चितवन जिल्लाको दाह्रेचोक–४, मुग्लिङ्ग र धादिङ्ग जिल्लाको गजुरी–१, गजुरी र आइतबार (पुस २४ गते) काभ्रे जिल्लाको नासिकास्थान–४, साँगामा गरी ३ (तिन) वटा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

शाखा कार्यालय साँगाको उद्घाटन संस्थाका संचालकद्धय दिनेशलाल श्रेष्ठ र राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा गरे । त्यसैगरी शाखा कार्यालय मुग्लिङ्ग र गजुरी को उद्घाटन संस्थाका संचालक रमेन्द्र प्रधानाङ्ग र प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले संयुक्त रुपमा गरेका थिए । योसँगै, गणपति माइक्रोफाइनान्सको शाखा संख्या ५ पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]