September 3rd, 2017

क्यास्परस्की एण्टीभाइरसको नयाँ संस्करण नेपाली बजारमा, दशैँको अवसरमा विशेष छुट पनि

रसियन कम्पनी क्यास्परस्की ल्याबको नेपालका लागि आधिकारिक बिक्रेता सागर टेक्नोलिङ्कले क्यास्परस्की एण्टीभाइरस सफ्टवेयरको नयाँ २०१८ संस्करणहरु “क्यास्परस्की इन्टरनेट सेक्युरिटी, क्यास्परस्की एन्टीभाइरस, क्यास्परस्की टोटल सेक्युरिटी” को नेपाली बजारमा सार्वजनिक बिक्री वितरण शुभारम्भ गरेको छ । नेपाली बजारमा अनुमानित ६० प्रतिशत भन्दा एण्टीभाइरस प्रयोगर्ताहरु माझ लोकप्रिय रहेको क्यास्परस्कीले “आखिर यो तपाईंको सेक्युरिटीको विषय हो ! छिटो–छरितो तर धेरै जोखिम, थोरै सुरक्षामा चित्त नबुझाउनुस् !” भन्ने सन्देश सहित अत्यावश्यक र अत्यधिक डिजिटल सुरक्षाका लागि थप नयाँ सुविधाहरु सहित सार्वजनिक गरेको २०१८ को नयाँ संस्करणहरु नेपाली बजारमा पनि सार्वजनिक भएको हो । 

नेपालमा हरेक दिन मोबाइल, कम्प्युटर, राउटर लगायतका कनेक्टेड डिभाइसहरुको संख्या बढिरहेको र नेपालीहरु इन्टरनेट सुविधामा निर्भर हुँदै गइरहेको सन्दर्भमा साइबर अपराधको जोखिम हुने हुन्छ । यसले गर्दा व्यक्तिगत डाटा, आर्थिक कारोबार, अनलाइन भुक्तानी एवं बैंकिङ्ग, पासवर्ड र क्रेडिट कार्ड नं. ह्याकिङ्ग लगायत पारिवारिक तथा व्यक्तिगत फोटो एवं अति गोप्य डाटा÷फोटो÷भिडियोहरु समेत उच्च खतरामा रहेको छ । साथै बालबालिकाहरुले प्रयोग गर्ने डिभाइसहरुमा समेत बयस्क तथा ड्रग्स सम्बन्धी सामाग्री, आतंकित पार्ने सामाग्रीहरुका कारण उनीहरु पढाई तथा व्यक्तित्व विकासका लागि रचनात्मक क्रियाकलाप भन्दा पनि कुलतमा फस्दै मानसिक रोगी समेत बन्न सक्ने खतरा अत्यधिक रुपमा बढेको छ । यसरी बढिरहेको जोखिमसंग सुरक्षित रहनका लागि नेपाली बजारमा विभिन्न एण्टीभाइरस सफ्टवेयरहरु उपलब्ध छन् । जसमध्ये, क्यास्परस्कीको नयाँ संस्करण सबैभन्दा सरक्षित रहेको कम्पनीको दाबी छ । 

विगत २० वर्षदेखि विश्वको डिजिटल सुरक्षा गर्दै आएको क्यास्परस्की सफ्टवेयरको नेपालमा भने सन् २००८ देखि व्यावसायिक रुपमा बिक्री वितरण हुँदै आएको छ । यो सफ्टवेयरको कर्पोरेट भर्सन नेपालका विभिन्न सरकारी कार्यालय तथा बैंकहरुले समेत प्रयोग गर्ने गरेका छन् । 

दशैँतिहारका लागि विशेष छुटको अफर
प्राविधिक सपोर्ट सेन्टरका रुपमा समेत सक्रिय सागर टेक्नोलिङ्कले सार्वजनिक वितरण शुभारम्भको अवसरमा यसपटक आगामी दशैं अवधिभरसम्म उपभोक्ताहरुका लागि विशेष छुटको योजना समेत ल्याएको छ । जसअनुसार, ३–डिभाइस एण्टीभाइरसको सपोर्ट सहित रु. १,७५० कायम राख्दै अफर मूल्य रु. ८७५ (सपोर्ट बाहेक) तथा रु. १,००० एमआरपी मूल्य रहेको १–डिभाइस एण्टीभाइरस को रु. ५०० (सपोर्ट बाहेक) मा बजारमा उपलब्ध गराइएको छ । यसैगरी इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी प्रडक्टहरुमा पनि ५०% सम्म छुटको व्यवस्था पनि गरेको बताइएको छ । १–डिभाइस र ३–डिभाइस प्याकमा उपलब्ध गरिएको नयाँ प्रडक्टहरु धेरै संख्यामा एकै पटक खरीद गर्न चाहनेस्कूल, कलेज, विद्यार्थी, कर्पोरेट, सरकारी कार्यालय, मेडिया÷पत्रकार, एनजिओ आईएनजिओ का कर्मचारीहरुका लागि थप छुटको पनि व्यवस्था गरेको छ भने यी प्रडक्टहरु बेलियो डटकम, ई– सेवा डटकम डटएनपी, खल्ती डट कम, मुन्चा डटकम, डराज डटकम डटएनपी लगायतका अनलाइन स्टोरहरुबाट पनि सिधै खरिद गर्न सकिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]