Wednesday , January 17 2018

के हो ‘लेटर अफ क्रेडिट’ ? सम्पूर्ण नालीबेलीसहित

January 1, 2018

रमेश कुमार पोखरेल । अन्तरराष्ट्रिय व्यापारमा भुक्तानीका विभिन्न विधिहरु छन् । जसमध्येको एक विधि हो प्रतिपत्र अर्थात लेटर अफ क्रेडिट । सामान्य अर्थमा प्रतित पत्र भन्नाले ग्राहकको अनुरोधमा एक बैंकले अर्को बैंकको नाममा कुनै व्यक्तिको यति रुपैया तोकिएको शर्तमा तोकिएको व्यक्तिलाई भुक्तानी दिनु भनी लेखेको पत्रलाई जनाउँछ । प्रतित पत्रलाई डकुमेन्टरी क्रेडिट पनि भनिन्छ । 

प्रतित पत्र एक प्रकारको प्रतिवद्धता हो । यस्तो प्रतिवद्धता एउटा बैंकले आफ्नो ग्राहकको अनुरोधमा अर्को बैंकको ग्राहकलाई उसको बैंक मार्फत गरिदिएको हुन्छ । यसमा तोकिएका शर्तहरु पुरा भएका छन भने कुनै तेश्रो पक्षलाई तोकिएका कागजातहरुका आधारमा भुक्तानी गरिदिने ग्यारेन्टी गरिएको हुन्छ ।

प्रतितपत्र नै किन ?
प्रतितपत्रको माध्यमबाट गरिने कारोवारले आयातकर्ता र निर्यातकर्ता दुबैलाई सुरक्षा प्रदान गर्दछ । खोजेको बस्तु, चाहेको गुणस्तर तथा परिमाणमा तोकेकै शर्त अन्तर्गत निर्यातकर्ताको कागजातबाट प्रमाणित नभएसम्म बैंकले भुक्तानी नदिने हुँदा आयातकर्ता सुरक्षित हुन्छ भने निर्यातकर्ता पनि आफुले बिक्री गरेको बस्तुसंग सम्वन्धित कागजातहरु आफुले राजेको स्थानिय बैंकमा पेश गरेपछि भुक्तानी पाउने कुरामा ढुक्क हुने भएकोले सुरक्षित महशुस गर्दछ । 

यसरी प्रतितपत्रबाट आयातकर्तालाई आदेश बमोजिमको सामान प्राप्त हुने निश्चित हुन्छ भने निर्यातकर्तालाई सामानको भुक्तानी सुरक्षित तवरले तुरुन्त पाइनेमा पूर्ण विश्वास हुन्छ । आयातकर्ता र निर्यातकर्ताका देशहरुमा रहेका कानुन आ–आफुले पालन गरी प्रतितपत्र खोलिने हुँदा झमेला हुने सम्भावना समेत कम हुन्छ । प्रतितपत्र कारोवारमा भएका प्रक्रियात्मक जटिलता, संलग्न पक्षहरु बीचको स्वार्थ, अन्तरनिहित जोखिम आदि न्यून गर्न हरेक पक्षका काम, कर्तव्य र अधिकारहरु स्पष्ट गरी विश्वव्यापी सम्झौता लागू गरिएको छ । इन्टरनेशनल चेम्बर अफ कमर्शको आधिकारिक प्रकाशन Uniform Customs and Practices for Documentary Credit UPCDC को अद्यावधिक भर्सनले यस कारोबारलाई अझ विश्वसनीय बनाएको छ ।

बैंकहरुले नियमानुसार मार्जिन जम्मा गर्न लगाई प्रतितपत्र जारी गर्दछन् । मार्जिन रकममा व्याज भुक्तानी गर्नु नपर्ने भएकोले बैंकलाई लगानी गर्न सित्तैमा रकम उपलव्ध हुन्छ । बैंकमा भएको बिदेशी मुद्रा उचित मुल्यमा बिक्री गरी विदेशी मुद्राको खरीद बिक्रीको फरकवाट लाभ प्राप्त गर्न सकिन्छ । यो नन फण्डेड व्यवसाय भएकोले रकम लगानी नगरी बैंकको आम्दानी बढाउन सकिन्छ । प्रतितपत्र कारोवारमा संलग्न ग्राहकको अन्य वित्तीय आवश्यकताहरु सम्वोधन गर्ने अवसर बैंकले प्राप्त गर्ने हुँदा बैंकको अरु व्यवसाय समेत विस्तार हुन सक्छ ।  
 
प्रतितपत्रका प्रकार
प्रतितपत्रलाई विभिन्न उद्देश्यले विभिन्न आधारमा विभिन्न्न कोणबाट बर्गिकरण गरिएको पाइन्छ । सामान्यतः प्रतित पत्रलाई निम्न प्रकारमा विभाजन गर्ने गरिएको छ, ती हुन् :

१. Standby letter of credit : संयुक्त राज्य अमेरिकामा बहुप्रचलित कार्य सम्पादन तथा भुक्तानी ग्यारेण्टीमा प्रयोग गरिने Standby letter of credit बैक ग्यारेण्टी कै रुप हो । यसलाई प्रतितपत्र र  बैंक ग्यारेन्टीको ठिमाहा सन्तानको रुपमा समेत लिन सकिन्छ । यस्तो उपकरण कर्जाको सुरक्षणको रुपमा, ठेक्का पट्टा सम्पादन गर्न, वस्तु तथा सेवाको भुक्तानी ग्यारेण्टी गर्न प्रयोग हुने गरेको छ ।
 
२.Documentary letter of credit : क्रेता र विक्रेताको अनुमतिविना जुन सुकै बखत संशोधन तथा रद्ध गर्न सकिने प्रतित पत्रलाई Revocable र क्रेता र विक्रेताको अनुमति आवश्यक पर्ने प्रतितपत्रलाई irrevocable भनिन्छ । irrevocable प्रतितपत्र पनि Unconfirmed/Confirmed गरी दुई प्रकारका छन् । Unconfired credit अन्तर्गत बिक्रेतालाई भुक्तानी गर्ने एक मात्र बैंक क्रेताको बैंक हुन्छ । बिक्रेताको बैकले Document Negotiation गरी बिक्रेतालाई भुक्तानी दिई शोधभर्ना माग गर्न पनि सक्दछ वा Document collection मा पठाई Issuing बैंकबाट भुक्तानी प्राप्त भएपछि मात्र बिक्रेतालाई भुक्तानी गर्न पनि सक्दछ । Confirmed credit मा बिक्रेताको बैंकले बिक्रेतालाई भुक्तानीको ग्यारेण्टी गर्दछ । Advising Bank ले आवश्यक कागजातहरु प्राप्त भई पुनरावलोकन गर्दा उपयुक्त भए बिक्रेतालाई भुक्तानी गरिदिन्छ र Issuing Bank बाट शोधभर्ना माग गर्दछ । युद्ध, सामाजिक, राजनैतिक तथा वित्तीय संकट भएका देश तथा क्षेत्रबाट प्राप्त प्रतितपत्रहरुमा बिक्रेताले यस्तो प्रावधानको माग गर्दछन् । Issuing Bank प्रति कम विश्वास भए वा वित्तीय साधनको पुर्व आवश्यकता भए पनि यस्तो प्रतितपत्र आवश्यक हुन्छ । यस्तो प्रतितपत्र तुलनात्मक रुपमा महंगो हुन्छ ।

३. Special Letter of credit
क) Back to Back letter of credit : भैरहेको प्रतितपत्रको सुरक्षणमा अर्को प्रतितपत्र खोलिन्छ भने त्यस्तो प्रतितपत्रलाई Back to Back letter of credit भनिन्छ । व्यापारीहरुले सप्लायर लाई भुक्तानी दिन यस्तो प्रतितपत्र खोल्दछन् । व्यापारीले क्रेताबाट प्रतितपत्र प्राप्त गरेपछि सप्लायरको पक्षमा अर्को प्रतितपत्र खोल्दछ । पहिलो प्रतितपत्र दोश्रोको सुरक्षणको रुपमा रहेको हुन्छ ।
ख) Deferred Payment (Usance) letter of credit : यस्तो प्रतितपत्रमा क्रेताले प्रतितपत्रसंग सम्वन्धित कागजातहरु स्वीकार गर्दछ र तोकिएको समयमा भुक्तानी गर्ने प्रतिवद्धता जाहेर गर्दछ । यस्तो प्रतितपत्रमा क्रेतालाई ग्रेस पिरियडको सुविधा दिइएको हुन्छ ।
ग) Red clause letter of credit: यस अन्तर्गत सिपमेण्ट गर्नुभन्दा अगााडि नै उत्पादन प्रक्रियाको लागि नगद उपलव्ध गराइन्छ । Issuing bank ले पेश्कीको रुपमा केही वा सबै रकम उपलव्ध गराउन सक्दछ । 
घ) Revolving letter of credit : तोकिएको सीमा ननाघ्ने गरी तोकिएको संख्यामा भुक्तानी गर्ने गरी खोलिने प्रतितपत्र लाई Revolving letter of credit भनिन्छ ।
ङ) Transferable letter of credit : तेश्रो पक्षलार्इृ हस्तान्तरण गरी सम्पुर्ण अधिकार उसैलाई दिने प्रतितपत्रलाई Transferable letter of credit भनिन्छ ।
च) Assignment of proceeds: यस अन्तर्गत प्रतितपत्र आंशिक वा पुरै तेश्रो पक्षलाई हस्तान्तरण गरिन्छ तर सम्पुर्ण अधिकार शुरुको प्रतितपत्र बाला कै हुन्छ ।

प्रतितपत्र चक्र (Letter of Credit Cycle) ​ तथा संलग्न पक्षहरु
 प्रतितपत्रको प्रक्रिया र संलग्न पक्षहरु तल उल्लेख गरिएको छ :

१.  प्रतित पत्र खोल्ने प्रयोजनका लागि बैंकमा आवेदन गर्ने आयातकर्ता वा क्रेतालाई आवेदक भनिन्छ । क्रेता/आवेदक A र विक्रेता/लाभकर्ता (Beneficiary) B ले आपसमा विक्री सम्झौता गर्दछन् । 

२. आवेदकले विक्री सम्झौता गरेपछि उसको बैंक, जसलाई Issuing Bank भनिन्छ, मा आवश्यक सुरक्षण सहित प्रतित पत्र जारी गर्न आवेदन गर्दछ । आवेदक दर्ता भएको फर्म वा कम्पनी, खाता भएको ग्राहक, प्रतितपत्रको सीमा स्वीकृत भएको र कालो सुचीमा समावेश नभएको हुनु पर्दछ । कर्जा संग सम्वन्धित सम्पुर्ण प्रक्रिया पुरा गरेका बैंकका ग्राहकहरुले प्रतितपत्रको सीमा प्राप्त गर्दछन् ।  Issuing Bank ले आवश्यक अध्ययन पश्चात आवेदन स्वीकृत गरी प्रतित पत्र जारी गर्दछ । यस्तो बैंकले आवेदकको तर्फबाट प्रतित पत्रमा उल्लेखित शर्तहरु पूरा गरी भुक्तानीको लागि कागजातहरु प्रस्तुत भएमा भुक्तानी दिने प्रतिवद्धता व्यक्त गरेको हुन्छ ।

३. Nominated Bank (Intermediary Bank) : यस्ता बैंक तलका मध्ये जुन पनि हुन सक्छन्ः
Advising Bank : Issuing बैंकको Correspondent, जसमार्फत विक्रेतालाई प्रतितपत्र र सोको  आधिकारिकताको विषयमा जानकारी गराइन्छ, लाई Advising Bank भनिन्छ ।
Negotiating Bank : विक्रेताले पेश गरेको कागजातलाई Endorse अथवा Purchase गर्ने बैंकलाई Negotiating Bank भनिन्छ । यस्तो बैंकले भुक्तानीको लागि कागजात Issuing Bankमा प्रस्तुत गर्दछ । 
Confirming Bank : विक्रेतालाई अझ बढी आश्वस्त बनाउन Issuing Bank को तर्फबाट प्रतितपत्रलाई Confirm गर्ने बैंकलाई Confirming Bank भनिन्छ । 
Accepting Bank : Usance Bill को भुक्तानीलाई ग्यारेन्टी गर्न L/C Document मा nominate गरिएको बैकलाई Accepting बैंक भनिन्छ । Accepting बैंकले तोकिएको मितिमा भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । 
Paying Bank : Beneficiary को देशमा भूक्तानीको लागि nominate गरिएको बैंक Paying Bankहो ।
Reimbursing Bank : Negotiating वा Paying Bank ले गरेको दाबीलाई भुक्तानी गर्ने बैंकलाई Reimbursing Bank भनिन्छ । सामान्यतः यस्तो बैंकमा Issuing Bank को खाता रहेको हुन्छ ।

४. विक्रेताले प्रतित पत्र प्राप्त गरि सके पछि विक्री सम्झौतासँग रुजु गरी संतुष्ट भएमा र भुक्तानी प्रति आश्वस्त भएमा सामान र सो संग सम्वन्धित कागजातहरु Freight Forwarder लाई हस्तान्तरण गर्दछ ।

५. Freight Forwarder ले कागजातहरु Negotiating Bank र सामान Custom Broker कहाँ पठाउँछ । यस्तो कागजात प्राप्त भएपछि Negotiating Bank ले आवश्यक Review पश्चात उसले विक्रेतालाई भुक्तानी गरी शोधभर्नाको लागि Issuing Bank लाई पठाउँन सक्छ वा collection को लागि पनि पठाउन सक्छ । Custom Broker ले सामान क्रेता वा आवेदकलाई हस्तान्तरण गर्दछ ।

६. Issuing Bank ले कागजात प्राप्त गरेपछि क्रेतालाई सूचना गरी भुक्तानी प्राप्त गर्छ र आवश्यक दरपिठ (Endorsement) गरी कागजात हस्तान्तरण गर्छ र सो आधारमा विक्री सम्झौता बमोजिम सामान प्राप्त गर्दछ । Issuing Bank ले Paying Bank लाई रकम पठाउँछ ।

प्रतित पत्र रद्द गर्न र संशोधन गर्न आवेदक र विक्रेता दुवैको स्वीकृती आवश्यक हुन्छ ।

प्रतितपत्र कारोवारमा आवश्यक कागजातहरु
प्रतितपत्र कारोबार कागजातमा आधारित कारोबार भएकोले विभिन्न प्रकारका कागजातहरुको आवश्यकता पर्दछ । प्रतित पत्रको लागि सम्वन्धित देशको नियमले निर्देश गरेका कागजातका अलावा सामान्यतः निम्न कागजातहरुको आवश्यकता पर्दछः
1. Contract Document

  • Proforma Invoice : यस्तो कागजात जसले द्यगथभच र क्भििभच बीचको संझौता स्थापित गर्दछ, लाई एचयायचmब क्ष्लखयष्अभ भनिन्छ । यसमा सामानको नाम, दर, मुद्राको किसिम, सामानको मात्रा र तिर्न पर्ने जम्मा रकम उल्लेख भएको हुन्छ ।

2.Financial Documents

  • Bill of Exchange/ Drafts

3. Commercial Documents

  • Commercial Invoice : प्रतितपत्रमा उल्लेख भएका सामानको मात्रा, मुल्य, रकम, आयातकर्ताको नाम तथा व्यापारको terms जस्तै CIF, FOB हरु उल्लेख भएको बील (Accounting Document) नै Commercial Invoice हो ।
  • Packing List : यस्तो कागजात जसमा Beneficiary ले पठाएका सामानको Packages, Wraper लगायत अन्य आवश्यक विवरणहरु उल्लेख गरिएको हुन्छ, लाई Packing List भनिन्छ ।

4. Shipping Documents

  • Bill of Lading : पानी जहाज कम्पनीले Title या Goods उल्लेख गरी तयार गरेको कागजातलाई Bill of Lading भनिन्छ । यदि सामान हवाइ मार्गवाट पठाएको छ भने Airway Bill, स्थल मार्गवाट भए Truck Receipt, Railway receipt भनिन्छ । यो Negotiable Instrument हो ।
  • Insurance Document: एक देशवाट अर्को देशमा सामान पठाउँदा श्रृजना हुने Risk Cover गर्न आवश्यक रकमको बीमा गर्नु पर्ने हुन्छ । Insurance Policy Shiping Documentsमै संलग्न गरिएको हुन्छ ।
     

5. Official Documents

  • Certificate of Origin : आयात वा निर्यात गर्न लागिएको वस्तुको शुरुमा उत्पादन भएको देश उल्लेख गरी निर्यातकर्ताको देशमा रहेको चेम्बर अफ कमर्श वा वाणिज्य तथा उद्योग मंत्रालयले प्रमाणित गरिदिने कागजातलाई Certificate of Origin भनिन्छ ।
  • License
  • Inspection certificate
  • Other special documents

प्रतितपत्रको कागजातमा के चेक गर्ने ? 

बैंकहरु वस्तु तथा सेवासँग नभई प्रतितपत्रसँग सम्वन्धित कागजातहरुसँग मात्र सरोकार राख्दछन् । त्यसैले बैंकले कागजातहरु राम्रोसँग चेक गर्नुपर्दछ । कागजातहरु चेक गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ । 
1.  Draft/ Bill of Exchange:
     Draft Beneficiary ले नै खिचेको हो होइन ?
     म्याद भित्र खिचिएको हो कि होइन ?
     अंक र अक्षर मिल्छ कि मिल्दैन ?
     भुक्तानी गर्ने बैंक उपर खिचेको हो कि होइन ?
     प्रतितपत्र नं. लेखिएको छ कि छैन ?
     केरमेट भएको ठाउँमा दस्तखत गरिएको छ कि छैन ?
2. Commercial Invoice
      Beneficiaryले Issue गरेको हो कि हाइन ?
      आवेदकको नाममा जारी भएको हो कि होइन ?
      कर्जामा भएको रकम र मुद्रामा छ कि छैन ?
      Description of goods, services or performance कर्जामा उल्लेख भए अनुसार छ कि  छैन ?
      Payment term, प्रतितपत्र नं. कर्जामा उल्लेख भए अनुसारको छ कि छैन ?
3.  Transport Documents
      Carrier वा Agent को नाम र दस्तखत स्पष्ट  छ कि छैन ?
      कर्जामा उल्लेख भएको ठाउँबाट Trashipmentभएको हो कि होइन ?
      प्रतितपत्रमा उल्लेखित म्याद भित्र सामान चलान गरिएको हो कि होइन ?
      प्रतितपत्रमा उल्लेख गरे बमोजिम Partial Shipment, Trashipment के हो रुजु गर्नुपर्ने,
      Final destination उल्लेख छ कि छैन ? 
      Endorsement भएको छ कि छैन ?
     कर्जामा उल्लेख भए बमोजिम सामानको परिमाण, तौल, नाम र प्रतितपत्र नं. उल्लेख भएको छ कि छैन ?
4.  बीमा सम्बन्धी कागजातहरु :
      Insurance policy underwriter/ Agents/ proxies ले Issue गरेको हो कि होइन ?
      बीमा प्रमाणपत्र छ कि छैन ?
      Shipment date भन्दा पछि जारी गरेको  र कर्जामा उल्लेख गरेको मुद्रामा छ कि छैन ?
      माल सामानको CIF Value को शतप्रतिशत थप गरी बीमा गरिएको छ कि छैन ?
      Shipment place देखि discharge or final destination सम्मको Risk cover भएको छ कि छैन ? 
5. Certificate of origin :
      प्रतितपत्रमा उल्लेख भए बमोजिमको निकायबाट सामान बनेको ठाउँको बारेमा प्रमाणित गरेको कागजात छ कि छैन ? 
6.  Packing List :
     सामानको गुण्स्तरमा असर नपर्ने गरी प्रतितपत्रमा उल्लेख भए बमोजिम Packing भएको छ कि छैन ?    
7. Covering Leter:
    Recognized Bank बाट प्राप्त भएको हो कि होइन ?
    कुन प्रतितपत्रसंग सम्वन्धित हो ?   
    प्रतितपत्रको म्याद सकिएको छ कि छैन ?
    रकम, संशोधन, discrepancies  उल्लेख गरिएको छ कि छैन ?

बृहत रुपमा हेर्दा प्रतित पत्रमा अन्तरनिहित जोखिमलाई निम्न बमोजिम उल्लेख गर्न सकिन्छः
कर्जा जोखिम
विदेशी विनिमय जोखिम
मुलुकको नीति, प्राकृतिक प्रकोप
कानुनी भिन्नता, भाषा, संस्कृति इत्यादि ।

वस्तु व्यापारमा मुल्य भुक्तानीको कारणले  हुन गएको अवरोधलाई बैंकहरुले प्रतितपत्रको माध्यमले हटाई अन्तराष्ट्रिय व्यापारलाई सहज बनाएका छन् । बैकहरुकै संलग्नताको कारण प्रतितपत्र कारोवारले यति धेरै लोप्रियता हासिल गर्न सकेको हो । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *