January 16th, 2018

कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा खुला रक्तदान कार्यक्रम

बैंकिङ खबर । बुधबार कृषि विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । कृषि विकास बैंक कर्मचारी संघको मूख्य कार्यालय समितिले बुधबार विहान ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । कृषि विकास बैंकको ५१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गर्न लागिएको कर्मचारी संघले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]