January 13th, 2018

कसरी हुन्छ बैंकिङ क्षेत्रमा बजार जोखिम ?

बैंकिङ खबर  / बजारमा भइरहने परिवर्तनका कारण बैंकमा हुने सम्भावित नोक्सानीलाई बजार जोखिम भनिन्छ । यस्तो जोखिममा व्याजदर तथा मुद्रा विनिमय दर जस्ता वासलातभित्र वा बाहिरको मूल्यहरु नकारात्मक ढंगले प्रभावित हुन्छन् । व्याजदर तथा विदेशी विनिमयको मूल्यमा हुने परिवर्तनका कारण बैंकको आर्जनमा पूर्ण प्रभाव पर्न जान्छ । बजार जोखिम व्यवस्थापनले बैंकको तरलता, व्याजदर, विदेशी विनिमय लगायत अन्य सम्बन्धित पक्षहरुको मापन, अनुगमन एवम् व्यवस्थापन गर्न एक गतिशील ढाँचाको व्यवस्था गर्दछ । 

दबाब परीक्षण तथा पृष्ठभूमी विश्लेषण मूलतः यस्ता संयन्त्र हुन्, जसले भविष्यमा आउन सक्ने विभिन्न कठिनाइहरुको आँकलन गरी सोका लागि अग्रीम रुपमा चनाखो भएर बस्न सहायता पुर्याउँछ । अनुमानहरु समय समयमा परिवर्तन भइरहने भएकाले परिक्षणका नतिजाहरुको आवधिक अध्ययन जरुरी हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]