Wednesday , January 17 2018

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५० करोडमाथि

January 14, 2018

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभा शनिबार (पुस २९ गते) सम्पन्न भएको छ । सञ्चालक समितीका अध्यक्ष शिव सिंह कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई चूक्तापुँजीको १२.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६४९१ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथमा आ.ब.२०७३/७४को वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको छ । 

बोनस सेयर पारित भएसँगै कञ्चन डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकद्धारा निर्धारित न्युनतम चुक्तापुँजीको मापदण्ड पुरा गरेको छ । बोनसपछि बैंकको चुक्तापुँजी ५० करोड ६० लाख रुपैयाँ पुगेको छ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *