December 17th, 2017

ओम डेभलपमेन्ट बैंकको साढे दुई लाख कित्ता सेयर लिलामीमा आयो

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख ५२ हजार छ सय ६९ कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले हकप्रदमा बिक्री नभएको संस्थापकतर्फको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहतर्फको दुई लाख ६ हजार ५ सय ८७ कित्ता सेयरको लिलामी आइतबार (पुस २ गते)देखि खुलाएको हो । 

उक्त सेयरका लागि पुष ९ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ता व्यक्ति वा संघसंस्थाले न्यूनतम १०० रुपैयाँ मूल्य राखी साधारणतर्फको न्यूनतम १०० कित्ता तथा संस्थापक तर्फको सेयरको लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने बताइएको छ ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ । बिक्री प्रबन्धकको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेलस्थित शाखा कार्यालय, ओम डेभलपमेन्ट बैंक लिमीटेडका पोखरास्थित केन्द्रीय कार्यालय र बुटवलस्थित शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज र धनगढीस्थित शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]