January 17th, 2018

एनआईसी एशिया बैंकले सुरु गर्यो भाइबर बैंकिङ सेवा, कसरी प्रयोग गर्ने ?

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्नेछन् ।

कसरी प्रयोग गर्ने ?
भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेसनमार्फत एनआईसी एशिया बैंकको पब्लिक एकाउन्टलाई सब्सक्राइब गरी यसबाट आवश्यक जानकारी लिन सक्नेछन् । भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरुबारे जानकारी, Loan Eligibility Checking, अनलाइन खाता खोल्न, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, व्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् । त्यस्तैगरी, एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिनेछ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिने एनआईसी एशिया बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुमार्फतसेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]