Monday , February 19 2018

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

February 13, 2018

एनआईसी एशिया बैंक लिमिटेडले तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देहीमा नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार (माघ २९ गते) एक समारोहका बिच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलले कोटिहवा शाखाको विधिवत् उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिने एनआईसी एशिया बैंकको शाखा संख्या १७३ पुगेको छ । यसबाहेक बैंकले आफ्ना १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *